बैतडीमा जिप दुर्घटना हुुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका –८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक नन्दराज जोशीले जानकारी दिए।
उनका अनुसार दिउँसो सिल्लेगडाबाट यात्रु बोकेर कालागाँउ जाँदै गरेको सु प्र ०१०० ज १५३७ नम्बरको बोलेरो जिप दोगडाकेदार गाउँपालिका-२ कटौजपानीमा दुर्घटना भएको थियो।
दुर्घटनामा ३० वर्षीय भुपेन्द्र बिष्ट, ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार घाइते भएका छन्।
यस्तै, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीयाा हरिमाया बिष्ट, १७ वर्षीय महेश बिष्ट पनि घाइते प्रहरीले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।