काठमाडौं महानगरपालिकाले खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालेको छ।
केहीदिनदेखि ग्रेडर लगाएर मैदानमा भएका ढुंगा टिप्न थालिएको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले जानकारी दिए।
उनका अनुसार सतहमा भएका सबै ढुंगा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ। जसमाथि प्राकृतिक दुबो रोपिनेछ।
‘दुबोसहितको चउर भएपछि सर्वसाधारणको बहुउपयोगमा आउनेछ,' उनले भने, 'बिहान शारीरिक अभ्यास गर्न सकिनेछ भने व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान समेत हुनेछ।'
यस्तै, त्यहाँ मर्निङ वाक गर्न सकिने छ भने बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुने उनले बताए।
महानगनरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले उवडखावड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना भएको बताए। खेल मैदानको जस्तो कृत्रिम दुबो लगाउने कुनै योजना छैन।
हामीले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएका छौं।
यो पनि:
के खुलामञ्चमा काठमाडौं महानगरले बनाउँदैछ फुटबल ग्राउन्ड?