दाङको तुलसीपुर- ५ स्थित एक भवनमा आगलागी भएको छ।
राप्ती राजमार्ग ‘क’ लाइन अन्तर्गत पर्ने उक्त भवनमा रहेको कपडा पसल, कपडा पसलको गोदाम र सुन पसलमा आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
चार तलाको उक्त भवनमा ‘इलेक्ट्रिक सक’ भएर आगलागी भएको प्रहरीको अनुमान छ। गोदामबाट आगो सल्किएको हो कि भन्ने प्रहरीको आशंका छ।
अहिले आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए। चार तलामाथि रहेको राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमा आगोको मुस्लो देखिएको प्रहरीले जनाएको छ। यद्यपि के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन।