लेबनानमा रहेका नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबानन (युएनआइएफआइएल), लेबननमा तैनाथ सिपाहीको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।
पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार मृत्यु भएको हो।
दोलखाका थापा गोरख गणको बंकरमा ड्युटी गरिरहेको बेलामा आफैंले बोकेको हतियारबाट गोली लागेर घाइते भएको अवस्थामा फेला परेका थिए।
घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जंगी अड्डाले जानकारी दिएको छ। शव स्वदेश ल्याउन समन्वय भइरहेको छ।
मिसन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको छ। जसकारण मानसिक असरबाट उक्त घटना भएको वा अरू कुनै कारणले भएको भन्नेबारे बुझ्ने काम भइरहेको सेनाले जनाएको छ।
