तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका-६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमाल छन्।
तनहुँका डिएसपी मोहन बहादुर खाँणका अनुसार कुमाल र सोही वडाका २५ वर्षीय सन्तोष डाँगी विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएराति पौने ३ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका-६ स्थित कुम्लेखोला गएका थिए।
त्यसक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका कुमाललाई जिपी कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतारा पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिएका छन्।