त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा दिएका छन्।
डिआइजी चन्दले सेतोपाटीसँग कुरा गर्दै आफूले शुक्रबार नै राजीनामा बुझाएको बताएका छन्।
उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।
‘अब धेरै समय पनि छैन। अन्य विशेष कारण केही छैन। व्यक्तिगत कारणले राजीनामा दिएको हुँ,’ चन्दले भने।
पछिल्लो समय त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच विवाद सुरू भएको थियो। केही दिनअघि मात्रै कुटपिट समेत भएको थियो।
प्रहरी प्रधान कार्यालयले भने डिआइजी चन्दको राजीनामाबारे जानकारी नआएको बताएका छन्।
केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले त्यसबारेमा आफूलाई जानकारी नआइसको बताए ।
डीआइजी चन्द प्रहरी महानिरीक्षक बसन्त कुँवरकै ब्याचमेट हुन्। ३० वर्षे सेवा अवधि कायम रहँदा उनी २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए।