सर्लाहीमा नापी कार्यालयका कर्मचारीहरू चढेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १०, गम्हरियास्थित चमेली माई मन्दिर नजिकै अधिकृत सहितको टोली सवार बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका छन्।
दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय रामलाल साह घाइते भएका छन्।
नापी अधिकृत श्रेष्ठसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय रिटेन यादव, सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय बैधनाथ पटेल घाइते छन्।
त्यस्तै, मलंगवा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय रामबाबु राय, धनुषाको शहीद नगर नगरपालिका वडा नम्बर ७, का २९ वर्षीय दीपेन्द्र यादव, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २०, का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।
सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलंगवा सडक खण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा ठोक्किन पुगेको थियो।
घाइते सबैको एलेक्स न्युरो अस्पताल कैलया, बारामा उपचार भइरहेको छ।