बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर क्षेत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष क्षेत्रीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
वडाध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको सूचना अख्तियारले पाएको थियो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सूचनापश्चात खटिएको टोलीले वडाध्यक्ष क्षेत्रीलाई पाँच लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दपा ३ को उपदफा १ बमोजिम कैद सजाय र पाँच लाख रूपैयाँ बिगो दाबी गरिएको छ।