रोल्पाको माडी गाउँपालिकाले 'जनयुद्ध दिवस' का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले बुधबार निकालेको सूचनामा फागुन १ गते 'जनयुद्ध दिवस' को अवसरमा बिदा दिने उल्लेख छ।
गाउँपालिका मातहत सरकारी कार्यालय र विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।
सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि 'जनयुद्ध दिवस' मा बिदा नदिन आदेश दिएको थियो।
शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।
यस्तो छ सूचना:
