नेपाल प्रहरीले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार १६ जनाको सरूवा गरेसँगै प्रहरी प्रधान कार्यालयले सूची प्रकाशन गरेको हो।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा रहेका एसएसपी अरूण पौडेलको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, रानीपोखरीमा सरूवा भएको छ।
रानीपोखरीमा रहेका ओम रानाको मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरूवा भएको छ। ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठको काठमाडौं ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरूवा भएको छ।
ईश्वर कार्कीको मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरबाट मधेस प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा जनकपुरमा सरूवा भएको हो।
यस्तै कृष्णबहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेल, गणेश चन्दसहित १६ जनाको सरूवा भएको छ।
हेर्नुस् सूची: