सिरहामा जबरजस्तिकरणीका फरार प्रतिवादी २ महिनापछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका-४ निपाने टोलका २१ वर्षीय रोहित दासलाई सिरहा प्रहरीले पक्राउ गरेको हो।
उनीविरूद्ध मंसिर २८ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणीको जाहेरी परेको थियो।
जाहेरीपछि फरार रहेका उनलाई गोलबजार नगरपालिका-४ स्थित शिव मन्दिर नजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सर्लाहीका डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।
उनलाई शुक्रबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिए।