सडक डिभिजन कार्यालयले आगलागीबाट डिभिजन प्रमुखको क्वार्टर र क्वार्टरमा रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएपनि सम्पूर्ण सरकारी कागजातहरू सुरक्षित रहेको बताएको छ।
आइबार दिउँसो मीनभवनस्थित सडक डिभिजन कार्यालय परिसरमा डिभिजन प्रमुख सि.डि.ई नारायणदत्त भण्डारीले क्वार्टरको रूपमा प्रयोग गर्दै आएको एक तल्ले प्रिफ्याब भवनमा आगलागी भएको थियो।
आगलागीका कारण डिभिजन प्रमुखको क्वार्टर र क्वार्टरमा रहेका सम्पूर्ण सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।।
डिभिजनको अन्य भवनहरु र कार्यालयमा रहेका सम्पूर्ण सरकारी कागजातहरु सुरक्षित रहेको कार्यालयले जनाएको छ।
कार्यालले विद्युत् सर्ट भएर आगलागी भएको जनाएको छ।
आगलागीबाट जलेको पैसाबारे भने विज्ञप्तिमा केही खुलाइएको छैन।
