नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा पाटेबाघ मृत फेला परेको छ।
मध्यविन्दु–१० अरुणखोलास्थित भूपू तमासपुर जाने बाटो नजिकैको वनमा शुक्रबार भाले पाटेबाघ मृत फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडलका अनुसार प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
‘करिब १० देखि १५ दिन अगाडि पाटेबाघ मरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने।
डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले सो घटनाको अध्ययन गर्न पशु चिकित्सकसहितको टोली खटिएको बताए।