सल्यानमा टेलरले मोटरसाइकललाई ठक्करबाट एक किशोरको मृत्यु भएको छ।
बन्गाड कुपिण्डे नगरपालिका –६ नाथेखोलाबाट सुनौलीबजार जाँदै गरेको लु ८० प १४११ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख २२५३ नम्बरको टेलरले शुक्रबार बेलुकी साढे ५ बजेतिर ठक्कर दिएको थियो।
टेलरको ठक्करबाट मोटरसाइकल चालक कुपिण्डे नगरपालिका-१ का १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।
उक्त दुर्घटनाका गम्भीर घाइते बिसीलाई उपचारको लागि सुर्खेतको मेहलकुना अस्पताल लगिएको थियो।
त्यहाँ बाट जिल्ला अस्पताल सल्यान ल्याउने क्रममा शनिबार १ बजेतिर बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक धमलाले बताए। धमला मोटरसाइकलको पछाडि सवार थिए।
प्रहरीले टेलर र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।