काठमाडौंको कीर्तिपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान ७ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ६ चोभारस्थित दक्षिणकाली जाने सडकमा बा प्रदेश ०२-०३० प ३८५६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा परी कीर्तिपुर-७ भाजंगल बस्ने २४ वर्षीय सबुन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो।
दुर्घटनापछि महर्जनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।