बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका बर्दियाका एक किशोर पक्राउ परेका छन्।
उच्च अदालत तुलसीपुर नेपालगंज बाँकेले असार २५ गते ती किशोरलाई १३ वर्ष कैद, पाँच हजार जरिवाना र ५० हजार क्षतिपूर्ति भराउन फैसला सुनाएको थियो ।
त्यसयता लुकिछिपी बस्दै आएका ती किशोरलाई प्रहरीले पक्राउ गरी फागुन १० गते जिल्ला अदालतमा उपस्थित गराएको थियो।
अदालतले उनलाई नाबालक ठहर गरेपछि बाल सुधार गृह नेपालगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले जानकारी दिए