वीरगन्जमा एक महिलाले बच्चा जन्माएर अस्पतालमै छाडेर बेपत्ता भएकी छन्।
वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी आमा बेपत्ता भएकी हुन्।
शुक्रबार जन्मेको शिशुलाई छाडेर लगत्तै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमारविक्रम थापाले बताए।
डिएसपी थापाका अनुसार अन्दाजी ३० वर्षकी महिलालाई सुत्केरी बेथा लागेपछि अस्पताल पुगेकी थिइन्।
६:३० मा बच्चालाई जन्म दिएपछि ७:३० मा महिला फरार भएको अनुसन्धानबाट खुलेको उनले बताए।
महिलासँगै उनकी सासू पनि सम्पर्कबिहीन छन्।
महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगन्ज’ टिपाएकी थिइन्।
नाम र ठेगाना समेत गलत टिपाएको हुन सक्ने डिएसपी थापाले जानकारी दिए। महिलाको तीव्र रूपमा खोजी गरिएको पर्सा प्रहरीले जनाएको छ।