खेलाउना राखिएको कार्टुन बक्समा सुन लेपन गरी ल्याएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार दुबईबाट आएकी भारतीय नागरिकलाई पक्राउ गरेको हो।
नेपाल एयरलाइन्सको फ्लाइटमा शनिबार दुबईबाट काठमडौं आएकी ३७ वर्षीया तसलिम सुल्ताना बुश्रालाई पक्राउ गरेको हो।
सुराकीले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको थियो।
उनले चार वटा खेलाउना राखिएका कार्टुन बाक्स बोकेका थिए। उक्त बाकसका कागजभित्रको पत्रमा सुन लेपन गरिएको पाइएको हो।
कुल ७०० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै ७४० ग्रामको कफी पनि प्रहरीले बरामद गरेको छ।
उनीमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ।