काठमाडौंमा जुवा खेलेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ पौने ५ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ४ स्थित एक घरबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
घरको फ्ल्याटमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनापछि प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अमरबहादुर थापाको नेतृत्वमा टोली खटिएको थियो।
टोलीले फ्ल्याट भाडामा लिने व्यक्तिसहित १० जनालाई पक्राउ गरेको हो।
फ्ल्याट धरानकी ४३ वर्षीया विनिता गिरीले भाडामा लिएकी थिइन्। पक्राउ परेकाहरूबाट प्रहरीले ८ बुक तास र एक लाख ४७ हजार रुपैयाँ बरामद गरेको छ।