सुनसरीको इटहरीस्थित बुढीजमूना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बन्ने भएको छ।
इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा शवदाह गृह बन्ने भएको उपमहानगरका मेयर हेमकर्ण पौडेलले जानकारी दिए।
बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी-४ मा रहेको बुढीजमूना मुक्तिघाट किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो।
करिब ३ करोड ५० लाखको लागतमा बन्ने शवदाह गृहमा कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ।