दाङको तुलसीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान ११:२० बजे सितलपुर नजिकै तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १ साइगाँउका ३३ वर्षीय सुरेश चन्द पाठक गम्भीर घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार पाठक मार्केटिङका लागि तुलसीपुर आउँदै थिए।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
त्यहाँ पुर्याइएको एक घन्टाभित्रै उनको मृत्यु भएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको छ।