काठमाडौंमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-३ धुम्बराही चोकमा ना.८ ख ७१९५ नम्बरको बसको ठक्करबाट दोलखा गौरीशंकर गाउँपालिका-८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको आइतबार बिहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।