दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला परेका छन्।
अपिहिमाल गाउँपालिका-२ मा बैतडीको पुर्चौडी नगरपालिका-३ का ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा मृत फेला परेका हुन्।
उनी कञ्चनपुरको सशस्त्र प्रहरी बल बिओपी बह्रदेवमा कार्यरत कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहका अनुसार उनी दुई-तीन दिन अगाडि बिदा लिएर ससुराल पुगेका थिए।
सोमबार बिहान करिब ९ बजेतिर उनी ससुराली घरकाे सय मिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेका छन्।
मृतकका बुवा बैतडीबाट घटनास्थलमा जाँदैछन्। बुवा पुगेपछि उनकाे शव उठाउने प्रहरीले बताएको छ।
मृतक बाेहराकी श्रीमती जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा कार्यरत छिन्। उनका एक छाेरा र एक छाेरी छन्। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेकाे डिएसपी सिंहले जानकारी दिए।