बारामा यात्रुबाहक बस पुलबाट २५ मिटर तल खोलामा खसेको छ।
धनगढी हुँदै विराटनगर चल्ने ना ६ ख ९०३० नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बरको पक्की पुलबाट खसेको प्रहरीले जनाएको छ।
अहिले यात्रुहरूको उद्धार गर्दै नजिकको अस्पतालमा पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
बस मंगलबार दिउँसोतिर खोलामा खसेको हो।
उनका अनुसार यात्रुको उद्धार गरी हेटौंडा र नजिकको अस्पतालमा पठाउने काम भइरहेको छ।