बारामा यात्रुबाहक बस पुलबाट २५ मिटर तल खोलामा खस्दा दुई जना गम्भीर घाइते भएका छन्।
धनगढी हुँदै विराटनगर चल्ने ना ६ ख ९०३० नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बरको पक्की पुलबाट खसेको थियो।
मंगलबार अपरान्ह्र खोलामा खसेको बसमा ३० जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय बाराको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
उनका अनुसार १८ जनाको मकवानपुरमा उपचार भइरहेको छ। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरूको जिल्ला अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।
बाँकी २८ जनाको अवस्था सामान्य रहेको डिएसपी न्यौपानेले सेतोपाटीलाई बताए।