आज बालुवाटार लगायत विभिन्न स्थानमा चार घन्टा विद्युत् सेवा अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती नआउने जानकारी दिएको हो।
उक्त क्षेत्रमा केबल रेजिङ, भूमीगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।
उक्त काम समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जानकारी दिएको छ।