जातीय मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्।
बिहीबार प्रहरीले उनीहरूलाई सुर्खेतको वीरेन्द्रनगरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ का वीरेन्द्र कठायत र चन्द्रा कठायत छन्।
उनीहरूलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना फैसला सुनाएका थियो।
उनीहरूलाई जातीय छुवाछूत मुद्दामा जनही २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। वीरेन्द्रलाई २ महिना र चन्द्रालाई एक महिना ८ दिन कैद सजाय तोकिएको थियो।
पक्राउ परेका दुवै प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानीका लागि सुर्खेत जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए।