हात्तीहात्ती नेपालले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को उपलक्ष्यमा महिला अवार्ड समारोह आयोजना गर्ने भएको छ।
कार्यक्रम २०२४ मार्च ८ र ९ गते अलोफ्ट काठमाडौं ठमेल र छाया सेन्टरमा हुने आयोजकले जनाएको छ।
मार्च ८ को बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने महिला अवार्ड समारोहमा विभिन्न विधाका महिलालाई निर्णायक मण्डलबाट छनोट प्रक्रियाबाट पुरस्कृत गरिने आयोजक हात्तीहात्ती नेपालकी अध्यक्ष प्रिया सिग्देलले जानकारी दिइन्।
कार्यक्रममा सदस्यहरू र महिला फेसन डिजाइनरहरूले पनि आफ्ना आफ्ना डिजाइनहरू प्रस्तुत गर्नेछन्।
यस्तै मार्च ९ गते ठमेलको छाया सेन्टर बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने ‘चौथो हात्तीहात्ती मेला’ मा ५० भन्दा बढी महिलाको नेतृत्वमा रहेका व्यवसाय, खानाका स्टल, बालबालिकाको खण्ड र प्रत्यक्ष प्रस्तुतिले सहभागीहरुलाई मनोरञ्जन दिने आयोजकको भनाइ छ।
स्थानीय प्रतिभा प्रदर्शन गर्ने थलोको रूपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमले समग्र काठमाडौंमा उत्सवको वातावरण सिर्जना भएको अध्यक्ष सिग्देलले बताइन्।
मार्च ९ गते सबैका लागि नि:शुल्क प्रवेशको समेत व्यवस्था गरिएको छ। अलोफ्ट काठमाडौंको प्रायोजनमा कार्यक्रम हुन लागेको हो।