हत्या गरेर फरार भएका व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन्।
म्याग्दीको तत्कालीन कुहु गाविस वडा-५ का ४७ वर्षीय समरबहादुर सार्कलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
कार्यालयका डिएसपी सुरक्षा केसीका अनुसार उनलाई आइतबार काठमाडौंको चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो।
उनीमाथि २०७१ कात्तिक १ गते फुपुकी २३ वर्षीया छोरी सुनमाया किसान (सार्की) हत्या गरेको आरोप छ।
सुनमायाको हत्यापश्चात उनी भारत भागेको र केही दिन अघि सेतीदेवी गाविस वडा-६ तौथलीमा रहेका बुबालाई भेट्न आउँदा पक्राउ परेको डिएसपी केसीले बताइन्।
उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताइन्।