कैलाली प्रहरीले १८ ग्राम बढी ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको भजनी नगरपालिका–५ बक्तुरीघाटबाट जिल्लाको कैलारी गाउँपालिका–४ हसुलियाका २० वर्षीय सरोज चौधरी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले चौधरीलाई मंगलबार पक्राउ गरेको थियो।
शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट १८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।
पक्राउ परेका चौधरीलाई म्याद थपका लागि जिल्ला अदालत पुर्याउँदै छ।
चौधरीमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।