भोजपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बालाङखाबाट सिवार जाँदै गरेको को १ ज २६१७ नम्बरबो जिप आमचोक गाउँपालिका-८ पारकुवास्थित सडकबाट दुधकोसी नदीको किनारमा खसेको भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठकले जानकारी दिए।
दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
आमचोककै रूना राईको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अशोक राईले जानकारी दिए।
जिपमा कतिजना सवार थिए भन्ने नखुलेको डिएसपी पाठकले बताए।
गाउँपालिका अध्यक्ष राईले भने जिपमा ११ देखि १४ जना सवार रहेको जानकारी दिए।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा पुर्याइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।