नक्कली लाइसेन्स प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
लाइसेन्स प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले आइतबार यातायात कार्यालय बुटवलका शाखा अधिकृत नारायण पाण्डेलाई पक्राउ गरेको हो।
उनलाई आइतबार ब्युरोको टोलीले बुटवलबाट पक्राउ गरेर सोमबार काठमाडौं ल्याइएको सीआइबीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।
यस प्रकरणमा यसअघि नै दुई जना पक्राउ परेका थिए।
शनिबार सिआइबी अनुसन्धानका लागि विभागका पूर्वकर्मचारी सुरज अर्याल र हरिश भट्टलाई पक्राउ गरेको थियो। सुरज शाखा अधिकृतका रूपमा काम गरेका थिए भने हरिश कम्युटर इन्जिनियरमा करारमा कार्यरत थिए।
एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले अनुसन्धान गरिरहेका छ।