रेबिज लागेर चितवनमा एक युवकको मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिजका कारण मृत्यु भएको हो।
भरतपुर अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
उनलाई केही महिनाअघि कुकुरले टोकेको थियो।
उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो।
उनी बुधबार मात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए।