रसुवाको त्यो हिमाली पाखा, बिहानीको पख
एकैछिनमा फेरियो मौसमको त्यो रूप।
बिहानीको समयमै सुसाएर खोला आयो
पहाडबाट बग्दै आएको बाढीले गाउँ घेऱ्यो।
न त दियो चेतावनी, न त दियो समय
बिहानैको त्यो दृश्यले मनमा बनायो भय।
आयो बाढी भागौँ भागौँ मान्छेहरू चिच्याए,
कापी-किताब, झोला छाडी नानीहरू आत्तिए।
बगायो है घर बाटो र मानिसको सपना,
टुक्र्याइदियो यसले धेरैको भावना।
एकछिन आएको बाढीले, उजाड बनायो बस्ती
तर हार्दैनन् हिम्मत वीर नेपालीले, जित्छन् यो विपत्ति।
(आरोही अधिकारी सनराइज इङ्लिस सेकेन्डरी स्कुल फिक्कल, इलामको कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन्।)