हमासले १३ जना बन्धकहरूलाई छाडेको छ।
केही बेरअघि बन्धकको अर्को समूहलाई हमासले रेडक्रसको जिम्मा लगाएको इसराइली अनलाइन टाइम्स अफ इसराइलले जनाएको छ।
दोस्रो समूहमा छुटेका बन्धकहरूलाई रेडक्रसले इसराइल पुर्याइँदै छ।
यसअघि पहिलो चरणा छाडिएका बन्धकहरूलाई भने परिवारले समेत भेट गरिसकेका छन्।
परिवारसँग भेट गराइएपछि उनीहरूको स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याइएको छ।
पहिलो चरणमा सात जना र दोस्रो चरणमा ६ जना बन्धकहरूलाई हमासले छाडेको हो।
हमाससँग कुल २० बन्धक जीवित रहेको अनुमान छ। बाँकी २८ जना बन्धकहरूमध्ये केही अवस्था अज्ञात र केहीको मृत्यु भइसकेको बताइएको छ।
मृत्यु भइसकेका बन्धकहरूको शव पनि हमासले इसराइललाई हस्तान्तरण गर्नेछ।
यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इसराइल पुगेका छन्।
उनी इसराइलमा अवतरण हुँदा बन्धकहरूलाई इसराइल ल्याइँदै थियो भनेर टाइम्स अफ इसराइलले लेखेको छ।
ट्रम्पलाई इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्वागत गरेका थिए।
अहिले उनी इसराइली संसद भवन पुगेका छन्। त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनी इसराइलबाट सिधै इजिप्ट जानेछन्। त्यहाँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
गजाले बन्धकहरू छाड्न थालेपछि इसराइलले पनि जेलमा रहेका प्यालेस्टिनी कैदीहरु छाड्नका लागि बस चढाएर सीमानामा पुर्याएका छन्।
बन्धकहरू इसराइल प्रवेश भएपछि इसराइलले प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।
यी हुन् आज छुट्ने २० जीवित बन्धक-
१. बार अब्राहम कुपरस्टाइन
२. एव्यातार डाभिड
३. योसेफ–खाइम ओहाना
४. सेगेभ काल्फोन
५. अविनातान ओर
६. एल्काना बोहबोट
७. म्याक्सिम हर्किन
८. निम्रोड कोहेन
९. मतान एङ्ग्रेस्ट
१०. मतान जाङ्गाउकर
११. एतान हर्न
१२. एतान अब्राहम मोर
१३. गाली बर्मन
१४. जिभ बर्मन
१५. ओम्री मिरान
१६. अलोन ओहेल
१७. गाय गिल्बोआ–डालाल
१८. रोम ब्रासलाभ्स्की
१९. एरियल कुनियो
२०. डाभिड कुनियो