गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक बसिरहेको छ।
देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आंकलन र सुरक्षा रणनीतिबारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरू भएको हो।
धनुषामा मस्जिदमा आक्रमण भएको भन्दै मधेस प्रदेशमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ। आइतबार बिहान वीरगञ्जमा स्थानीयले टायर बालेर सडक अवरूद्ध समेत गरेका थिए।
झडप समेत हुँदा प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो। अहिले स्थिति नियन्त्रणमा आइसकेको छ। गृहमन्त्री अर्याललाई आजै मुस्लिम समुदायका अगुवाहरूले समेत भेटेका थिए।