भारतको समाचार संस्था ललनटपका संस्थापक सम्पादक सौरभ द्विवेदीले राजीनामा दिएका छन्।
उनले १२ वर्षपछ सोमबार इन्डिया टुडे ग्रुप छाडेका हुन्। ललनटप इन्डिया टुडे ग्रुप अन्तर्गतकै समाचार संस्था हो।
‘धन्यवाद ललनटप, पहिचान, पाठ र हौसलाका लागि र भविष्यको शुभकामनाका लागि। यहाँबाट हाम्रो साथको समाप्त भएको छ। अध्ययन अवकाशपछि फेरि अगाडिका संकल्पबारे कुरा गर्नेछु। तपाईंहरू सबैले पनि धेरै कुरा सिकाउनुभयो। धन्यवाद,’ उनले एक्समा लेखेका छन्।
यसअघि द्विवेदी फिचर सम्पादकको रूपमा आजतकमा नियुक्त भएका थिए। पछि उनी ललनटपका संस्थापक सम्पादक बनेका थिए।
भारतमा ललनटपले सुरू गरेको ‘गेस्ट इन न्यूजरूम’ चर्चित छ। द्विवेदी नेपालमा पनि परिचित छन्।
उनले छाडेसँगै अब ललनटपको सम्पादकीय समूह कुलदीप मिश्रले सम्हाल्नेछन्। उनी पनि स्थापनाकाल देखि नै ललनटपमा छन्।