पर्साको वीरगञ्जमा कर्फ्यू आदेश हटेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार दिउँसो साढे ३ बजेदेखि कर्फ्यू आदेश हटाएको छ।
सर्वदलीय बैठक बसेपछि प्रशासनले कर्फ्यू आदेश हटाउने निर्णय गरेको हो।
‘सर्वदलीय/सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शानति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रूपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण पुस २२ अपराह्न साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी भोला दाहालले आदेश जारी गरेका छन्।
विभिन्न पक्षबीच वीरगञ्जमा प्रदर्शन नगर्ने प्रतिबद्धता समेत जनाएका छन्।
