३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाबाट हिँडेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ काठमाडौं आइपुगेको छ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरू गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ आज काठमाडौँ आइपुगेको हो।
गत पुस २१ गते गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज दिउसो ४:५० बजे काठमाडौँ हनुमानढोका आइपुगेको हो।
गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो।
र्यालीमा सहभागी सैनिकहरू पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएका छन्।
सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ गते भोलि विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ।
तस्बिरहरू:
-1768053838.jpg)
-1768053831.jpg)
-1768053831.jpg)
-1768053831.jpg)
-1768053831.jpg)
-1768053832.jpg)
-1768053832.jpg)
-1768053833.jpg)
-1768053833.jpg)
-1768053834.jpg)
-1768053834.jpg)
-1768053835.jpg)
-1768053835.jpg)
-1768053835.jpg)
-1768053834.jpg)
-1768053837.jpg)
-1768053836.jpg)
-1768053838.jpg)
-1768053838.jpg)
-1768053837.jpg)
-1768053836.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी