काठमाडौंको खुलामञ्च वरिपरि अत्यधिक जाम भएपछि ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो।
भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन र सिंहदरबार चोकमा पृथ्वी जयन्तीको कार्यक्रम जारी छ।
त्यसो हुँदा खुलामञ्च वरिपरिका सडकहरू पुतलीसडक, सिंहदरबार, माईतिघर, थापाथली चोक, त्रिपुरेश्वर लगायतका स्थानमा जाम छ।