त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ।
आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिकै बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको गाडी फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
पार्टपुर्जा देखिएको उक्त गाडी खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको थियो।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते बिहान पहिरोले चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका थिए।
गणपति डिलक्समा सवार ३१ जनामध्ये ३ जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए। सो मध्ये १४ जनाको शव फेला परेको थियो। अन्य हालसम्म बेपत्ता छन्।
