सिन्धुलीमा ७५ हजार अमेरिकी डलर (१ करोड ८ लाख रुपैयाँ) सहित एक जना पक्राउ परेका छन्।
मंगलबार राति ११ बजे गोलन्जोर गाउँपालिका- ७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा डलर सहित युवराज नेवारलाई प्रहरीले पक्राउ गरेको हो।
युवराज बा १६ च ८०४८ नम्बरको सुमोमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।
उनका अनुसार सुमोका चालकहरूलाई समेत सोधपुछ गरिएको छ।
'डलर कहाँ लैजान लागिएको हो, कसको पैसा भन्नेबारे अनुसन्धान भइरहेको छ,' एसपी सुवेदीले भने।