प्यूठानमा जीपको ठक्करबाट पैदल हिँडिरहेका दुई महिला गम्भीर घाइते भएका छन्।
जिल्लाको गौमुखी गाउँपालिका– ४ की ३० वर्षीया कमला केसी र २८ वर्षीया माया सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले बताए।
बिहीबार बिहान पौने ५ बजेतिर माघे संक्रान्तिको अवसरमा लाग्ने गौमुखी मेला हेर्न जाँदै गरेका उनीहरुलाई जीपले ठक्कर दिएको थियो।
गौमुखी– २ अर्खादेखि गुल्मी जाँदै गरेको लु १ ज ४८५७ नम्बरको जीपले उनीहरुलाई ठक्कर दिएको थियो।
घाइते दुवै जनालाई ढाडमा गम्भीर चोट पटक छ।
दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइ रहेको छ। प्रहरीले चालक र जीप नियन्त्रणमा लिएको छ।