नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा भएको छ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार ११ जना एसएसपीको सरूवा गर्ने निर्णय गरेको हो।
एसएसपी केदार खनालको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, दीपक पोखरेलको प्रदेश कार्यालय भैरहवा, दीप शमशेर जबराको प्रहरी महानिरीक्षकको सचिवालय, नान्तिराज गुरूङको बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र विमलराज कँडेलको प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरूवा भएको छ।
त्यस्तै महेन्द्र खड्कालाई प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखा र रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानिपोखरीमा सरूवा गरिएको छ। बस्नेत यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख थिए।
बसन्त रजौरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र श्यामकुमार महतोको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरूवा भएको छ।
सन्तोष खड्काको सरूवा गरी काठमाडौं उपत्यका अपराध अनुसान्धान कार्यालयको जिम्मेवारी दिइएको छ।
सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थिन महाशाखा रानिपोखरीमा सरूवा गरिएको छ।

