श्रीमतीको हत्या आरोपी ७४ बर्षीय श्रीमान परेका छन्।
जिल्लाको त्रिवेणी गाँउपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामी ६५ वर्षीया श्रीमती पम्फा कामीको हत्या आरोपमा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार गणेशले सामान्ने घरायसी विवादका क्रममा श्रीमति पम्फाको टाउकोमा सनासो प्रहार गरेका थिए । गणेशले श्रीमती पम्फालाई शुक्रबार दिउँसो टाउको र हातमा सनासोले प्रहार गरि घाइते तुल्याएका थिए । प्रहरी स्रोतका अनुसार गणेशले दिउँसै मदिरा सेवन गरेको खुलेको छ ।
सनानो प्रहार बाट घाइते सासु आमालाई बुहारी सिर्जनाले दिउँसो साढे चार बजेतिर जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पुर्याइएको थियो।
सल्ले अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घाइतेलाई उपचारका लागि बाँकेका लागि रिफर गरिएको थियो । त्यता लैजाने क्रममा पम्फाको साढे ८ बजेतिर बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताए ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।