रूकुम पश्चिममा घर परिवारका साथ खाना खाइरहँदा लडेका एक जनको मृत्यु भएको छ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका – ३ स्याल खोलाका ४५ वर्षीय मेघराज बटला शुक्रबार बेलुकी ८ बजेतिर घर परिवार सँगै खाना खाना क्रममा बेहोस भएका थिए।
बेहोस उनलाई परिवारका सदस्यले तत्कालै उपचारको लागि मिसन अस्पताल चौरजहारी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार खाना खाने क्रममा एक्कासि सर्किएर उनको मृत्यु भएको भन्ने खुलेको छ।