अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
दार्चुला, शैल्यशिखर नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ८ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आर्थिक वर्ष २०७८/७९ मा ब्राखा पालनको लागि दिएको अनुदान रकम भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेलाई जानकारी दिए।
उनका अनुसार नगरपालिका-९ स्थित नागार्जुन दानेश्वर आधुनिका ब्राखा पालन उपभोक्ता समितिबीच नागार्जुन दानेश्वर आधुनिक वाख्रा फार्म निर्माणमा भ्रष्टाचार गरेका हुन्।
उनीहरूले २३ लाख ७५ हजार रूपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, लेखापाल घनश्याम जोशी, इन्जिनियर राजेन्द्र सिंह धामी, सव इन्जिनियर मदन विष्ट अम्बिका विष्टविरूद्ध मुद्दा चलाएको हो।
त्यस्तै, ब्राखा पालन उपभोक्ता समितिका अध्यक्ष रूपेश विष्ट, सचिव प्रकाश विष्ट, कोषाध्यक्ष पुजा बिष्टविरूद्ध मुद्दा चलाइएको हो। अख्तियारले तत्कालीन तीन इन्जिनियरविरूद्ध ११ लाख र बाँकीलाई २३ लाख ७५ हजार रूपैयाँ विगो कायम गर्दै माग मुद्दा दर्ता गरेको हो।