आज सोनाम ल्होसार पर्व मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।
सोही अवसरमा टुँडिखेलमा सोनाम ल्होसार मनाइएको छ। सो कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की उपस्थित भएकी छन्।
भूमि पूजा, कूलपूजा एवं दान दक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ।
समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।
राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ।
तस्बिरहरू:
-1768810068.jpg)
-1768810067.jpg)
-1768810065.jpg)
-1768810065.jpg)
-1768810066.jpg)
-1768810066.jpg)
-1768810068.jpg)
-1768810067.jpg)
-1768810063.jpg)
-1768810064.jpg)
-1768810064.jpg)
-1768810064.jpg)
-1768810063.jpg)
-1768810062.jpg)
-1768810062.jpg)
-1768810062.jpg)
-1768810060.jpg)
-1768810060.jpg)
-1768810061.jpg)
-1768810061.jpg)
-1768810060.jpg)
-1768810060.jpg)
-1768810059.jpg)
-1768810059.jpg)