फागुन २१ गते हुने निर्वाचनका लागि देशभर मनोनयन दर्ता भइरहेको छ।
बिहान १० बजेदेखि देशैभरिका जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक ढंगले मनोनयन दर्ता भइरहेको छ।
निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म देशभरि ८६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ।