राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्।
मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिर जमानीमै राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो।
‘हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने देखिएन। हाजिर जमानीमा राखेर अनुसन्धान गर्न निर्देशन दिइएको छ,’ काठमाडौंका सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले भने।
त्यस्तै, निर्वाचन आयोगले ५२ करोडको लेनदेन गरी गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको भन्दै प्रसाईंले भाषण दिएका थिए। त्यसरी अफवाह फैलाएको भन्दै आयोगले प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो।
‘आयोगबाट पत्र प्राप्त भएपछि अदालतबाट अनुसन्धान गर्न पोखराबाट ल्याएर बुझ्नुपर्ने काम बुझ्यौं। थप बुझ्न परे हामी बोलाउँछौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले भने।